Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तराईबाट दैनिक २३ हजार लिटर दूध खरिद


मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौं, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाउनुका साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले बताए । उनले तराईका चार र मकवानपुरका गरी नौ हजार तीन सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमा रू तीन करोड उपलब्ध गराउँदै आएको र यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौंका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको बताए ।

उक्त आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ । सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ रहेको थियो भने आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको, प्रशासन व्यवस्थापन र मजदुर गरी एक सय १० जनाले प्रत्यक्ष रोजगारी पाएको समेत आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?