Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेप्सेमा १.०६ प्रतिशतको गिरावट, कारोबार रकम बढेर १ अर्ब ७० करोड पुग्यो


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ । बुधबार ५.१६ अंकले बढेर १८९४.७६ को विन्दुमा बन्द भएको नेप्सेमा बिहीबार पुनः गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो । होटल तथा पर्यटन उपसूचक ३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.५९ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५२ प्रतिशत, जीवन बीमा उपसूचक १.४० प्रतिशत वित्त कम्पनी उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने सुधार भएको छ । बिहीबार नेप्सेमा ६२ हजार ४६ वटा कारोबारमा ७५ लाख ५८ हजार ५४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७० करोड १ लाखको कारोबार भएको छ भने मंगलबार १ अर्ब २८ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर करिब १ अर्ब ९ करोडमा सीमित भएको थियो ।

कारोबारमा आएकामध्ये लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूलय १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । नेप्सेमा सूचीकृत भएर बुधबारबाट कारोबार कारोबार सुरु भएको कम्पनीको सेयरमूल्य लगातर दोस्रो दिन पनि सर्किट लेभलमा बन्द भएको हो । सिटी होटलको सेयरमूल्य भने सर्वाधिक ९.०९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य ८.१९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.०५ प्रतिशतले गिरावट भएको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?