Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने


२४ ,असोज ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ ।

सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताए ।

“सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै जाँदा विद्यालयमा बालबालिका तथा अभिभावकको आकर्षण घट्दै गइरहेको छ”, उनले भने, “सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीअनुसारको नतिजा प्राप्ति गर्नमा सहयोग पुर्याउने उद्देश्यसहित खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने तयारीमा छौँ ।”

नगरभित्र १६ माध्यमिक तह र ५६ आधारभूत तह गरी ७२ वटा सामुदायिक विद्यालय रहेका छन् । बहत्तर सामुदायिक विद्यालयमध्ये पहिलो चरणमा माध्यमिक तहतर्फका आठवटा विद्यालय र आधारभूत तहतर्फका आठ गरी कुल १६ विद्यालयमा शैक्षिक योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने भएको हो ।

“पहिलो चरणमा १६ वटा विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्छौँ”, उनले भने, “खुला प्रतिस्पर्धाबाट नियुक्ति हुँदा विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रभावकारी भूमिका खेल्न सक्ने विश्वासमा छौँ ।”

नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले जनप्रतिनिधि तथा सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिने उनले बताए ।

प्रअ नियुक्ति हुनका लागि शिक्षकले माध्यमिक तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको वा १० वर्ष स्थायी सेवा र स्नातक उत्तीर्ण गरेकालाई प्रधानाध्यापक नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताए । आधारभूत तहमा प्रअ हुनका लागि शिक्षा विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?