Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने


२४ ,असोज ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ ।

सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताए ।

“सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै जाँदा विद्यालयमा बालबालिका तथा अभिभावकको आकर्षण घट्दै गइरहेको छ”, उनले भने, “सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीअनुसारको नतिजा प्राप्ति गर्नमा सहयोग पुर्याउने उद्देश्यसहित खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने तयारीमा छौँ ।”

नगरभित्र १६ माध्यमिक तह र ५६ आधारभूत तह गरी ७२ वटा सामुदायिक विद्यालय रहेका छन् । बहत्तर सामुदायिक विद्यालयमध्ये पहिलो चरणमा माध्यमिक तहतर्फका आठवटा विद्यालय र आधारभूत तहतर्फका आठ गरी कुल १६ विद्यालयमा शैक्षिक योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने भएको हो ।

“पहिलो चरणमा १६ वटा विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्छौँ”, उनले भने, “खुला प्रतिस्पर्धाबाट नियुक्ति हुँदा विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रभावकारी भूमिका खेल्न सक्ने विश्वासमा छौँ ।”

नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले जनप्रतिनिधि तथा सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिने उनले बताए ।

प्रअ नियुक्ति हुनका लागि शिक्षकले माध्यमिक तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको वा १० वर्ष स्थायी सेवा र स्नातक उत्तीर्ण गरेकालाई प्रधानाध्यापक नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताए । आधारभूत तहमा प्रअ हुनका लागि शिक्षा विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?