Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पोखरामा ‘किताब मेला’


२२ ,असोज ,गण्डकी । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ ।

दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन मेला आयोजना गरिएको उनले बताए । “रिडर्स कर्नरको यो छैटौँ किताब मेला हो”, उहाँले भन्नुभयो, “चाडबाडको यामलाई किताबको किनमेल र पठन संस्कृतिसँग जोड्ने हाम्रो ध्येय हो ।”

मेलामा किताब खरिद गर्दा विभिन्न छुट योजना ल्याइएको छ । रु १९ सय ९९ को किताब खरिदमा १० प्रतिशत, रु दुई हजारदेखि ३४ सय ९९ सम्मको किताब किन्दा १५ प्रतिशत, रु ३५ सयदेखि ४९ सय ९९ सम्मको किताबमा २० प्रतिशत छुट पाइनेछ । रु पाँच हजारदेखि माथिको किताब किन्दा २५ प्रतिशत छुट र दुई वटा किताब सित्तैमा दिइने सञ्चालक भण्डारीले बताए ।

पुस्तकालयका लागि रु १० हजारदेखि रु २५ हजार नौ सय ९९ सम्मको नेपाली साहित्यका किताब खरिद गर्दा २० प्रतिशत र अङ्ग्रेजी भाषाका किताब किन्दा १५ प्रतिशतसम्मको छुट पाइने जनाइएको छ । यस्तै नेपाली साहित्यतर्फ रु २६ हजारदेखि रु ४९ हजार नौ सय ९९ सम्मको किताबमा २५ प्रतिशत र अङ्ग्रेजी किताबमा २० प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए ।

रु ५० हजारभन्दा माथिको नेपाली साहित्यको किताब किन्दा ३० प्रतिशत र अङ्ग्रेजी साहित्यको किताब किन्दा २५ प्रतिशत छुट दिइने उनको भनाइ छ । किताब मेलामा राखिएका कतिपय किताब ५० प्रतिशतसम्म छुटमा उपलब्ध गराइने रिडर्स कर्नरले जनाएको छ ।

पोखरास्थित साझा प्रकाशनको शाखा कार्यालयमा पनि अहिले पुस्तक प्रदर्शनी चलिरहेको छ । यही असोज सात गतदेखि सुरु भएको प्रदर्शनी सोमबार सकिने कार्यालयका प्रमुख जीतेन्द्र लावतीले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा राखिएका पुस्तकको बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

विसं २०४० अघि प्रकाशित पुस्तकमा ५० प्रतिशत, विसं २०४० देखि विसं २०५० को बीचमा प्रकाशित पुस्तकमा ४० प्रतिशत र विसं २०५० यता प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुट दिइएको प्रमुख लावतीले बताए । प्रदर्शनीमा साझा र अन्य प्रकाशनका पुस्तक राखिएको छ ।

प्रदर्शनीमा कला, साहित्य, इतिहास, संस्कृति, दर्शन, मनोरञ्जनलगायत विधाका पुस्तक राखिएको कार्यालयले जनाएको छ । साझा प्रकाशनले पनि बर्सेनि पुस्तक प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीबाहेकको समयमा पनि रु पाँच सयको पुस्तक किन्दा २० प्रतिशत र रु एक हजारसम्मको पुस्तक किन्दा २५ प्रतिशत छुट दिने गरिएको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?