Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पोखरामा ‘किताब मेला’


२२ ,असोज ,गण्डकी । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ ।

दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन मेला आयोजना गरिएको उनले बताए । “रिडर्स कर्नरको यो छैटौँ किताब मेला हो”, उहाँले भन्नुभयो, “चाडबाडको यामलाई किताबको किनमेल र पठन संस्कृतिसँग जोड्ने हाम्रो ध्येय हो ।”

मेलामा किताब खरिद गर्दा विभिन्न छुट योजना ल्याइएको छ । रु १९ सय ९९ को किताब खरिदमा १० प्रतिशत, रु दुई हजारदेखि ३४ सय ९९ सम्मको किताब किन्दा १५ प्रतिशत, रु ३५ सयदेखि ४९ सय ९९ सम्मको किताबमा २० प्रतिशत छुट पाइनेछ । रु पाँच हजारदेखि माथिको किताब किन्दा २५ प्रतिशत छुट र दुई वटा किताब सित्तैमा दिइने सञ्चालक भण्डारीले बताए ।

पुस्तकालयका लागि रु १० हजारदेखि रु २५ हजार नौ सय ९९ सम्मको नेपाली साहित्यका किताब खरिद गर्दा २० प्रतिशत र अङ्ग्रेजी भाषाका किताब किन्दा १५ प्रतिशतसम्मको छुट पाइने जनाइएको छ । यस्तै नेपाली साहित्यतर्फ रु २६ हजारदेखि रु ४९ हजार नौ सय ९९ सम्मको किताबमा २५ प्रतिशत र अङ्ग्रेजी किताबमा २० प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए ।

रु ५० हजारभन्दा माथिको नेपाली साहित्यको किताब किन्दा ३० प्रतिशत र अङ्ग्रेजी साहित्यको किताब किन्दा २५ प्रतिशत छुट दिइने उनको भनाइ छ । किताब मेलामा राखिएका कतिपय किताब ५० प्रतिशतसम्म छुटमा उपलब्ध गराइने रिडर्स कर्नरले जनाएको छ ।

पोखरास्थित साझा प्रकाशनको शाखा कार्यालयमा पनि अहिले पुस्तक प्रदर्शनी चलिरहेको छ । यही असोज सात गतदेखि सुरु भएको प्रदर्शनी सोमबार सकिने कार्यालयका प्रमुख जीतेन्द्र लावतीले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा राखिएका पुस्तकको बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

विसं २०४० अघि प्रकाशित पुस्तकमा ५० प्रतिशत, विसं २०४० देखि विसं २०५० को बीचमा प्रकाशित पुस्तकमा ४० प्रतिशत र विसं २०५० यता प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुट दिइएको प्रमुख लावतीले बताए । प्रदर्शनीमा साझा र अन्य प्रकाशनका पुस्तक राखिएको छ ।

प्रदर्शनीमा कला, साहित्य, इतिहास, संस्कृति, दर्शन, मनोरञ्जनलगायत विधाका पुस्तक राखिएको कार्यालयले जनाएको छ । साझा प्रकाशनले पनि बर्सेनि पुस्तक प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीबाहेकको समयमा पनि रु पाँच सयको पुस्तक किन्दा २० प्रतिशत र रु एक हजारसम्मको पुस्तक किन्दा २५ प्रतिशत छुट दिने गरिएको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?