Trending
>>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी


किमाथाङ्का,सङ्खुवासभा । सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ ।उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यावसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् । उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिइ रहेकी छन् । उनका अनुसार अल्लो व्यावसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन् । सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीको छ । बर्सेनि ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट दुर्गम भेकका स्थानीयको अल्लो व्यावसायबाट जीविकोपार्जनको प्रमुख स्रोत भएको उनको भनाइ छ ।

जिल्लाको माथिल्लो भेगमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्ला देश तथा विदेशसम्म चिनाएको छ । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो । सङ्खुवासभामा त अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ । बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरुप लगिदिने चलन छ । जिल्लामा तीन दर्जन बढी अल्लो उद्योग व्यावसायिकरूपमा सञ्चालनमा छन् ।

अल्लो खेती २०४६ देखि व्यावसायिकरूपमा गर्न थालिएको हो । स्थानीय संस्कृतिसँग जोडिएको अल्लो उत्पादनको प्रवर्द्धन र विकास भइरहेको छ । पछिल्लो समयमा स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालय तथा देश विदेशका सङ्घसंस्थाबाट सहयोग र प्रवर्द्धनका कार्यक्रमले तीव्र विकासमा सहयोग पुगेको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट सङ्कलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हुँदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ । अल्लोको कोट रु तीन हजार, टोपी रु पाँच सय, सल रु सात सय, स्याण्डल रु पाँच सय, स्टकोट रु एक हजार पाँच सयमा बिक्री हुन्छ । मफलर, पर्स, चश्मा, ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड झोला बनाउन अल्लो प्रयोग गरिन्छ । यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ । गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै विराटनगरबाट काठमाडौंसम्मका डिपार्टमेन्टल, मिनी सुपर मार्केटमा पर्याप्त पाइन्छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?