Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित


काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।
आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो ।
यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अङ्कले विजयी भएको थियो ।
यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अङ्कले पराजित भएको थियो ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?