Trending
>>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट


१९ ,असोज ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनिहरूबीच नेपाल–जर्मनीबीचको कूटनीतिक सम्बन्धमा विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले यस सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए ।

“उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा सम्वाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधार स्तम्भ हुन्,” उनले भने, “जर्मनी नेपालको प्रमुख विकास साझेदार हो । नेपालले सामाजिक आर्थिक विकासका सवालमा जर्मन सरकारबाट सन् १९६१ देखि सहायता प्राप्त हुँदै आएको छ ।”

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा सहयोग प्रदान गरेकोमा जर्मन सरकारप्रति आभार व्यक्त गरे । “युरोपेली सङ्घमा जर्मनीको अत्यन्तै प्रभावशाली भूमिका रहेको छ । हामी नेपाल र युरोपेली सङ्घ बीचको बढ्दो सहकार्यको स्वागत गर्दछौँ”, उनले भने, “दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न हामी प्रतिबद्ध छौँ । नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी आशावादी छौँ ।”

जलवायु परिवर्तनको क्षेत्रमा जर्मनीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने, “आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।”

सो अवसरमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै र ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले ८० नेपालीलाई व्यावसायिक प्रशिक्षणका लागि जर्मनी लगेको जानकारी दिँदै उहाँले यो क्रम आगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?