Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘आममाफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य’


काठमाडौंः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आम माफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् । उनले यसलाई विसंगति विरुद्ध नवीन बहसको रुपमा अर्थ लगाएका छन् । यस्तो छ उनको प्रतिक्रियाः

१) लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनी निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो !
२) सकारात्मक आदेश मार्फत अदालतले नकारात्मक कर्महरु नियन्त्रणमा `रचनात्मक हस्तक्षेप´ गर्नसक्छ ! नकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्नेछ !
३) संविधान र कानुनको ब्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छ l सजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन् ! अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश !
४) मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौं ! आगे अदालतकै मर्जी !


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?