Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

‘आममाफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य’


काठमाडौंः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आम माफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् । उनले यसलाई विसंगति विरुद्ध नवीन बहसको रुपमा अर्थ लगाएका छन् । यस्तो छ उनको प्रतिक्रियाः

१) लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनी निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो !
२) सकारात्मक आदेश मार्फत अदालतले नकारात्मक कर्महरु नियन्त्रणमा `रचनात्मक हस्तक्षेप´ गर्नसक्छ ! नकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्नेछ !
३) संविधान र कानुनको ब्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छ l सजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन् ! अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश !
४) मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौं ! आगे अदालतकै मर्जी !


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?