Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


१८ ,असोज ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुुपर्नेमा जोड दिएका छन् ।

मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण गर्दै उनले भने, “तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।” नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी भइसकेका अवस्थामा मुस्ताङतर्फ कुनैपनि संरचना नहुँदा समस्या आउनसक्ने उनले बताए ।

सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि हाम्रो तर्फबाट पनि सडकलगायतका आवश्यक भौतिक पूूर्वाधार निर्माण जरुरी रहेको उनको भनाइ छ ।

उनले हाल रहेको भन्सार र सुरक्षा जाँच नाकाभन्दा पिल्लर भन्दा नौ किलोमिटर तल रहेको उल्लेख गर्दै उनले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आवतजावत गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान गएको बताए ।

“कोरोला नाकासम्मको सडक पनि सङ्घ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ”, उनले भने ।

निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उहाँले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताए । नाका सञ्चालन सम्बन्धमा सङ्घ सरकार, प्रधानमन्त्री एवम् सम्बन्धित निकायसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतमा छलफल भएको थियो ।

उक्त निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचनलगायतको सहभागिता थियो । मुख्यमन्त्री सहितको टोलीले सिमावर्ती क्षेत्रको गाउँमा पुगी छलफलसमेत गरेको थियो ।

प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था, चालु वर्षमा बिनियोजित रकम, स्थानीयका समस्या र यसबारे प्रदेश सरकारले गर्न सक्ने सहयोग एवम् भूमिकालगायतका विषयमा छलफल गरिएको थियो ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?