Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

शारीरिक सुगठनमा जमेका ‘सुनिल’


महेन्द्रनगर,कञ्चनपुर । डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा घरबाट हिँडेर विद्यालय पुग्ने चन्द बाटोमा पर्ने कभर्डहल ‘जिम हाउस’ नपुगेको दिन हुन्थेन् । एसएलसी सकेर बिदाको समय कभर्डहल परिसरमा रहेको जिममा प्रशिक्षण थालेका चन्दले एक दशकपछि सुदूरपश्चिमबाटै पहिलोपटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६५ किलो तौल समुहमा काष्य पदक जिते । सुदूरपश्चिममै व्यावसायिकरुपले शारीरिक सुगठनमा लागेका चन्दले राष्ट्रियस्तरमा हुने हरेक प्रतियोगितामा भाग लिनुका साथै रित्तो हात बिरलै फर्किनुपरेको छ । ३२ वर्षीय चन्दले हालै कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधिसमेत जितेका छन् ।

“स्कुल जाँदा बाटोबाट सधैँ रहरले जिम हेर्थे, पछि गएर अभ्यास नै गर्न थालेँ”, चार महिना भारोत्तलनसमेत खेलेका चन्दले भने, “त्यो बेला व्यावसायिक रुपले भन्दा पनि फिटनेसका लागि जिम गर्ने मात्रै थिए ।” महेन्द्रनगरमा रोयल व्यायामशालासमेत सञ्चालन गरिरहेका चन्दले यहाँ युवाको आर्कषणले थप उत्साह मिलेको बताए । “शारीरिक सुगठन स्वास्थ्यसँगै अनुशासन र राम्रो आनी बानीको विकासका लागि निकै सहयोगी छ”, उनले भने, “अहिले युवाले यसलाई सकारात्मक रुपमा अङ्गीकार गरेको पाउँछु ।” उनले नियमित प्रशिक्षण र भोजनको सन्तुलनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । हाल कञ्चनपुरको महेन्द्रनगरमा चार वटा जिम हाउस सञ्चालनमा छन् । “पछिल्लो समय स्वास्थ्यप्रति सचेत भएर फिटनेसमा ध्यान दिनेको जमात बढ्दै छ”, चन्दले भने, “शारीरिक सुगठनले ढिलो गरी भए पनि सुदूरपश्चिममा व्यावसायिकता पाउँदैछ ।”

महेन्द्रनगरदेखि स्नातक पढ्न काठमाडौं पुग्दासम्म चन्दले शारीरिक सुगठनलाई निरन्तरता दिएको बताए । “स्नातक सकेर महेन्द्रनगरमै आएर जिम खोले”, उनले भने, “जिमको आम्दानीले आफ्नो सामान्य खर्च मात्रै चलेको छ ।” उनले शारीरिक सुगठनका प्रतियोगितामा भाग लिनुअघि तयारीमा मात्रै लाखौँ रकम खर्च हुने गरेको बताए । डेढ दशकदेखि शारीरिक सुगठनमा सक्रिय चन्दले सन्तुलित आहारामा मात्रै मासिक रु ६० हजार खर्च हुने गरेको बताए । मिस्टर हिमालयलगायतका थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुदैँ आएका चन्दले यसमा आबद्ध खेलाडीलाई सङ्गठित गर्न शारीरिक सुगठनको जिल्ला सङ्घ गठनको गृहकार्य गरिरहेको बताए ।

 


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?