Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चितवनको माडीमा होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन आयोजना हुँदै


चितवन । भरतपुरमा पत्रकार सम्मेलन गरी माडीमा हुन लागेको राष्ट्रिय सम्मेलन एवम् होमस्टे कार्यशालाको बारेमा जानकारी दिएको हो । ‘ग्रामिण पर्यटन एवम् संस्कृति हाम्रो पहिचान, जैविक विविधता संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा देशभरका होमस्टेबाट प्रतिनिधिका रूपमा करीव ६ सय जना सहभागी हुने महासंघका महासचिव कृष्ण चौधरीले जानकारी दिए । प्रतिनिधिहरुलाई माडीमा रहेका ६ वटा सामुदायिक होमस्टेहरूमा व्यवस्थापन गरिने छ । माडीका विभिन्न जातजातीले अलग–अलग होमस्टे चलाएका छन् । सबैभन्दा बढी जातीले चलाएको होमस्टेहरु माडीमा मात्रै छन् । सम्मेलनमा आउने प्रतिनिधिलाई होमस्टेमा अट्नेहरुलाई होमस्टेमा र नअटाउनेहरुलाई विभिन्न फार्म हाउसहरुमा राख्ने गरी व्यवस्था मिलाइएको होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार एवम् माडीका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए । ‘प्रतिनिधिहरुलाई सचिवालयमार्फत इन्ट्री गरेर सम्वन्धित होमस्टेमा पुर्याउँछौं, २६ गते बिहान ८ बजेदेखि उद्घाटन सत्र सुरु हुन्छ,’ महासंघका महासचिव चौधरीले भने, ‘देशभरका जातजातीले सञ्चालन गरेका होमस्टेहरुको पहिचान झल्कने गरी झाँकी प्रदर्शनी तथा नाचगान र संस्कृति देखाउने काम पनि हुन्छ ।’ माडी आएका प्रतिनिधिहरुलाई हरेक दिन २–२ घण्टा साइट सिन भिजिटका लागि माडीका पर्यटकीय गन्तव्यहरुमा लैजाने योजना रहेको होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार दवाडीले बताए ।

रिसोर्टजस्तो देखिने माडीको एक होमस्टे :-

प्रत्येक पाँच होमस्टे बराबर १ जना प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । निजीस्तरबाट चलेका होमस्टेका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुनेछन् । हरेक ४/४ वर्षमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । निजी र सामुदायिक होमस्टे इकाइलाई महासंघको सदस्यको रुपमा आवद्ध गराउन सकिने व्यवस्था अनुसार नेपालका ६८ जिल्लाका १५ सय गाउँमा रहेका निजी र सामुदायिक होमस्टेहरु महासंघमा आवद्ध छन् । १५ सय गाउँका ७ हजार घरमा होमस्टेहरु रहेका र ती होमस्टेमा एक रातमा २८ हजार बस्न सक्ने क्षमता रहेको बताइएको छ । गाउँ पर्यटनको मुख्य आधारको रुपमा स्थापित होमस्टेलाई थप प्रभावकारी बनाउँदै समुदायको आर्थिक समृद्धि गर्ने, युवाहरु विदेशिनबाट रोक्ने, गाउँको उत्पादन गाउँमै खपत गर्न सक्ने गरी कार्ययोजना बनाएर सम्मेलनमा छलफल गरिने महासंघका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिए ।

सम्मेलनमा मौलिक कला संस्कृति, खानपान, ज्ञान सिप, प्रविधि प्रदर्शनी, मिश्रित परम्परामा आधारित साँस्कृतिक कार्यक्रम र देशैभरीका होमस्टे गाउँको पर्यटकीय प्रोडक्ट्हरुका बारेमा जानकारी गराउने कार्यक्रम छ । होमस्टे सेवाले रोजगार र स्वरोजगारका माध्यमबाट ग्रामिण भेगको पर्यटन र आयआर्जनलाई टेवा दिएकाले यसको अलग्गै महत्व रहेको होमस्टे महासंघका अध्यक्ष एवम् अमलटारी होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिए । उनले सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भरतपुर महानगरपालिकाले समेत होमस्टे महासंघको राष्ट्रिय सम्मेलनलाई प्रचारप्रसारको एउटा अवसरको रुपमा लिन सक्ने बताए ।

 

 


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?