Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्यो अफगानिस्तान


काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नरुले उत्कृष्ट पारी खेले । दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे ।

उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो । थप चार रन जोड्दा अफगानिस्तान अलआउट भयो । जवाफमा मैदान उत्रिएको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीन/तीन विकेट लिएका थिए ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?