Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्यो अफगानिस्तान


काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नरुले उत्कृष्ट पारी खेले । दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे ।

उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो । थप चार रन जोड्दा अफगानिस्तान अलआउट भयो । जवाफमा मैदान उत्रिएको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीन/तीन विकेट लिएका थिए ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?