Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पनौतीमा पाँच कवि सम्मान


काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो ।

कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गर्नुभएको हो । यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले लोर्कापण गर्नुभएको छ । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गर्नुभएको थियो । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार एवं अक्षरमालाका अध्यक्ष सूर्यप्रसाद लाकाजु, साहित्यकार तुयुकाजी ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दाहाल, इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाललगायतले काव्य कृतिका विषयमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?