Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पनौतीमा पाँच कवि सम्मान


काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो ।

कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गर्नुभएको हो । यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले लोर्कापण गर्नुभएको छ । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गर्नुभएको थियो । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार एवं अक्षरमालाका अध्यक्ष सूर्यप्रसाद लाकाजु, साहित्यकार तुयुकाजी ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दाहाल, इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाललगायतले काव्य कृतिका विषयमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?