Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

भारतीय पत्रकारहरुको निवासमा दिल्ली प्रहरीको छापा


काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ । केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले पनि यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

पत्रकार अभिसार शर्माले दिल्ली प्रहरी आफ्नो घरमा आएर ल्यापटप र फोन लगेर गएको बताएका छन् । भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए भने न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरेको थियो ।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?