Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण


१५ ,असोज ,काठमाडौँ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वारा धारिलो हतियारबाट आक्रमण भएको छ ।

काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्लास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ अन्दाजी ३८ वर्षीय सवीर हुसेनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनले भने, “सवीर हुसेनलाई धारिलो हतियार प्रहार भएको भनेर उपचारमा संलग्न डाक्टरहरुले पनि भनेका छन्, घटनास्थलमा एक थान कटुवा पेस्तोल फेला परेको छ, आक्रमणकारीको खोजी भइरहेको छ ।”

धारिलो हतियारबाट घाइते हुसेनको अहिले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?