Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मौसम खराबीका कारण गण्डकी अधिवेशनमा सहभागी भएनन् ओली


पोखरा । आजदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन् । ओली नआएपछि महासचिव शंकर पोख्रेलले अधिवेशनको सम्बोधन गरेका छन् । पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोख्रेलले बताए । अध्यक्ष तथा महासचिवसहितलाई कुरेर कार्यक्रम निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरु भएको थियो । त्यसपछि पनि मञ्चमा बसेका सबैको बोल्ने पालो सकिएपछि महासचिव पोख्रेललाई कुर्दै सांगीतिक कार्यक्रम राखिएको थियो । त्यसक्रममा झाँकी देखाउन आएका विभिन्न जातजातिका मौलिक गीत तथा नृत्य देखाइएको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?