Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

मौसम खराबीका कारण गण्डकी अधिवेशनमा सहभागी भएनन् ओली


पोखरा । आजदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन् । ओली नआएपछि महासचिव शंकर पोख्रेलले अधिवेशनको सम्बोधन गरेका छन् । पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोख्रेलले बताए । अध्यक्ष तथा महासचिवसहितलाई कुरेर कार्यक्रम निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरु भएको थियो । त्यसपछि पनि मञ्चमा बसेका सबैको बोल्ने पालो सकिएपछि महासचिव पोख्रेललाई कुर्दै सांगीतिक कार्यक्रम राखिएको थियो । त्यसक्रममा झाँकी देखाउन आएका विभिन्न जातजातिका मौलिक गीत तथा नृत्य देखाइएको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?