Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम पौने २ अर्ब


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । ५.१९ अंकले बढेको बजार १९७६.२९ विन्दुमा रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो ।सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन । सोमबार कुल २८६ धितोपत्रको ८५ हजार ५९१ वटा कारोबारबाट ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सीवाईसी नेपाल लघुवित्त, सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्तको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । पिपुल्स हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो, ग्लोबल आईएमई लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?