Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक


खोटाङ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका  उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको हो । दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन् । अर्जुन खड्काले सम्पादन गरेको उक्त म्युजिक भिडियोकोे निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गरेका गायक मगरले जानकारी दिए । रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौंमा समेत आबद्ध रहेको उनको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक मगर काठमाडौं लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कूल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’गर्ने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गर्नुभएको यो म्युजिक भिडियोमा मायाँ-पिरतीका कुरा गरिएको छ ।

 


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?