Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

गण्डकी प्रदेशमा हालसम्म ६० गर्भवती र सुत्केरी महिला हवाई उद्धारबाट लाभान्वित


कास्की । गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टििङ’ सेवा सुरु गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताउए । यसैगरी अघिल्लो आव २०७९/०८० मा छ जनाले यो सेवा लिएका थिए । प्रदेश सरकारले विसं २०७५ देखि प्रदेशको हिमाली तथा दुर्गम क्षेत्रबाट जटिल प्रकारको स्वास्थ्य समस्या देखिएका सुत्केरी र गर्भवतीका लागि यो सेवा प्रदान गर्न सुरुआत गरेको हो । भौगोलिक रुपमा विकट र यातायातको पहुँच नभएका दुर्गम क्षेत्रका महिलाका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ । मन्त्रालयका सचिव शर्माले हवाई उद्धार प्रभावकारी भएको बताए । उनले भने, “हवाई उद्धारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन् । जटिल प्रकारको स्वास्थ्य समस्या देखिँदा विकटताका कारण स्थलमार्गमार्फत अस्पताल पुर्‍याउन असम्भव भएको समयमा हवाई उद्धार गर्दै आएका छौँ ।” हवाई उद्धार सेवा गण्डकीका म्याग्दी, बागलुङ, गोरखा, लमजुङलगायतका जिल्लाका महिलाले बढी सेवा लिएका छन् । उनका अनुसार एयर लिफ्टिङ सेवालाई थप व्यवस्थितरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्बाट ‘जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यविधि, २०८०’ स्वीकृत गरिएको छ ।

संविधानले महिलालाई प्रदान गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई प्रत्याभूत गर्न जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार गी सुविधासम्पन्न अस्पतालमा उपचार गरी जीवन रक्षाका लागि सो कार्यविधि निर्माण गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा हवाई उद्धार समन्वय समिति


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?