Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

गण्डकी प्रदेशमा हालसम्म ६० गर्भवती र सुत्केरी महिला हवाई उद्धारबाट लाभान्वित


कास्की । गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टििङ’ सेवा सुरु गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताउए । यसैगरी अघिल्लो आव २०७९/०८० मा छ जनाले यो सेवा लिएका थिए । प्रदेश सरकारले विसं २०७५ देखि प्रदेशको हिमाली तथा दुर्गम क्षेत्रबाट जटिल प्रकारको स्वास्थ्य समस्या देखिएका सुत्केरी र गर्भवतीका लागि यो सेवा प्रदान गर्न सुरुआत गरेको हो । भौगोलिक रुपमा विकट र यातायातको पहुँच नभएका दुर्गम क्षेत्रका महिलाका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ । मन्त्रालयका सचिव शर्माले हवाई उद्धार प्रभावकारी भएको बताए । उनले भने, “हवाई उद्धारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन् । जटिल प्रकारको स्वास्थ्य समस्या देखिँदा विकटताका कारण स्थलमार्गमार्फत अस्पताल पुर्‍याउन असम्भव भएको समयमा हवाई उद्धार गर्दै आएका छौँ ।” हवाई उद्धार सेवा गण्डकीका म्याग्दी, बागलुङ, गोरखा, लमजुङलगायतका जिल्लाका महिलाले बढी सेवा लिएका छन् । उनका अनुसार एयर लिफ्टिङ सेवालाई थप व्यवस्थितरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्बाट ‘जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यविधि, २०८०’ स्वीकृत गरिएको छ ।

संविधानले महिलालाई प्रदान गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई प्रत्याभूत गर्न जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार गी सुविधासम्पन्न अस्पतालमा उपचार गरी जीवन रक्षाका लागि सो कार्यविधि निर्माण गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा हवाई उद्धार समन्वय समिति


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?