Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

१९औं एसियाडको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार


हान्झाउ । नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो । दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन । यसअघि शनिबार भियतनामसँग भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो । नेपाली महिला भलिबल टोलीले अब नवौंदेखि १२औं स्थानको लागि खेल्नेछ । समूह सीबाट भियतनाम शीर्ष र दक्षिण कोरिया दोसो हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?