Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

बालिकासँगको प्रेमको कारण अजिमको हत्या


जनकपुरधाम । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा प्रहरी सर्चअप्रेसन गरि पोखरीमा फेला परेको शव बेपत्ता युवक १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको छ । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव युवक अजिमकै रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए । अजिम गाउँकै मोहम्मद समिउल्लाका छोरा हुन् । प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँगको प्रेम सम्बन्धका कारण उनको हत्या भएको खुलेको छ । भदौ २१ गते कृष्णाष्टीमीको दिन गाउँमै लागेको मेला हेर्न अजिम दिउँसो घरबाट निस्केका थिए । साँझ ६ जना साथीसित मेला हेरेर रमाइलो गरे । चारजना साथी घर फर्किए । राति परेपछि अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे । तर अजिम आफू प्रेमिका भेटेर आउँने भन्दै ती साथीलाई घर फर्किन भनेका थिए । राति भेट्न पुगेका उनी बेपत्ता भए । घरपरिवार राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए । प्रहरी लामोसमय सम्म खोजे । तर पत्ता लागेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अन्तमा मेलाबाट छुटेका साथीको क्लुबाट अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाले । त्यसपछि शंकास्पद व्यक्ति पक्राउ गरे । तर उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार सर्च अप्रेसन गरेको थियो । त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिंग भेटियो ।रिंग फेला परेपछि पोखरी सुकाउन थालियो । त्यसपछि एउटा बोरा फेला पर्‍यो । साँझ परेपछि छाडियो । भोलिपल्ट शनिबार बिहान थप खोजेपछि रिंगको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । युवकको बीभत्स तरिकाले हत्या गरेको र घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ हत्यामा संलग्न भएको आरोमा बालिकाकी आमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ । हत्यामा संलग्न आरोपी प्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीरबन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ । बालिकाको बुबाको मृत्यु भइसकेको छ । प्रहरी स्रोतका अनुसार हत्या भएका अजिम गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीमा पढ्थे । उनले एसईई दिएका थिए । त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि अजिमको प्रेम परेको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?