Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

उपमहानगरको पेट्रोल पम्प सञ्चालनमा


दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो ।

तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ । करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो । सञ्चालक रामप्रसाद चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, आठ शौचालय, तीन युरिन, पर्खालसमेत गरेर दुई करोड बढी खर्च लागेको छ ।

शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । बसपार्कमा पेट्रोल पम्प नहुँदा बाहिर गएर इन्धन राख्नुपर्ने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?