Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपमहानगरको पेट्रोल पम्प सञ्चालनमा


दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो ।

तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ । करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो । सञ्चालक रामप्रसाद चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, आठ शौचालय, तीन युरिन, पर्खालसमेत गरेर दुई करोड बढी खर्च लागेको छ ।

शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । बसपार्कमा पेट्रोल पम्प नहुँदा बाहिर गएर इन्धन राख्नुपर्ने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?