Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एसियाली खेलकुद : नेपालले कबड्डीमा पदक जित्ने लगभग पक्का


हान्झाउ । १९औं एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ । पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७-२४ पहिलो खेलमा हराएपछि नेपालको सम्भावना बलियो भएको हो । महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो र अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ । एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१(१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६(८ को अग्रता लिएर खेल जितेको हो ।

नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ । समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले १९औं एसियाडको दशौं दिन जारी रहँदा अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । पदकविहीन हुने चिन्ता बढिरहेको बेला महिला कबड्डीमा नेपालले पदकको आशा राखेको हो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?