Trending
>>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी


१४ , असोज , काठमाडौँ । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

यही अक्टोबर ३१ (कात्तिक १४) मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गर्दै आफूलाई देशको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा चयन गरेकामा प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे ।

डा आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगहरूले आवश्यक कूटनीतिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै बीस वर्षपछि नेपाललाई प्राप्त यो अवसरबाट चुक्न नहुनेमा जोड दिए ।

दक्षिणपूर्वी एसिया निर्देशक पदमा भारत, मालदिभ्स, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मा, नेपाल, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, श्रीलङ्का, टिमोर लित्से र भूटानले मतदान गर्नेछन् ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?