Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

तीन महिनामा भत्किएको कालोपत्र दबाब बढेपछि पुनःमर्मत हुँदै


१४ ,असोज ,टक्सार (भोजपुर) । बनेको तीन महिनामै भत्किएको कालोपत्र सडक दबाबपछि पुनःमर्मत हुने भएको छ ।

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको बैठकले भत्किएको सडक पुनःनिर्माण गर्ने निर्णय गरेको हो ।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलो मिटर सडक बनेको तीन महिनामा नै भत्किएपछि पुनःनिर्माणका लागि निर्माण कम्पनीलाई दबाब बढेको थियो । सो सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राईले भने, “सडकको अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएकाले निर्माण कम्पनीले पुनःनिर्माण गर्नुपर्ने थियो तर निर्माणमा संलग्न कम्पनी र आयोजनाका प्रतिनिधिसहितको बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको छ, भत्किएको सडक मर्मत गर्ने कुरा भएको छ अब त्यसका लागि हामी सबैको दबाब जरुरी छ ।”

विगतदेखि नै मापदण्डअनुसार सडक निर्माण नभएको आवाज उठाउँदै आएकाले बनिसकेर भत्किएको सडक दसैँ–तिहारको आसपाससम्म बनाइसक्ने निर्णय भएको भोजपुर नगरपालिका–५, बोखिमका वडा सदस्य नीरप्रसाद फुयालले जानकारी दिए ।

बैठकमा समन्वय प्रमुख राई, प्रजिअ हरिप्रसाद घिमिरे, वडाध्यक्ष फविन्द्र प्रधान, वडा सदस्य फुयाल, कामु आयोजना व्यवस्थापक वीरबहादुर रावत, निर्माण कम्पनीका दिव्य पौडेल, गणेश पौडेल, इञ्जिनीयर ओमकान्त ढकाल, राजन श्रेष्ठका साथै स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

सडकको विषयमा धैरै गुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएपछि सम्बन्धित निकायमा सो विषयमा बुझ्ने काम गरिएको बताए ।

उनका अनुसार भत्किएको सडकका भाग पुनःनिर्माण गर्ने सहमति भएको छ । जनताको करबाट सञ्चालन हुने योजनाको बेथिति रोक्न सबै सरोकारवाला निकायले खबरदारी गरिरहन आवश्यक रहको वडाध्यक्ष प्रधानले बताए ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गतरु १० करोड ५० लाखमा सो सडकको निर्माण कार्य भएको थियो ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?