Trending
>>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आवद्ध हुन नपाउने जानकारी दिए । ‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ । आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुदैन । उनीहरुले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ’, शिक्षामन्त्री राईले भने । शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुपर्‍यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने मन्त्री राईले बताए ।

विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय पनि रहेको उनले बताए । शिक्षा विधेयक संसदमा पेश भएपछि यसमा संशोधन र परिमार्जनका प्रस्ताव र दफाबार छलफलबाट अझै समृद्ध बनाउन सकिने पनि मन्त्री राईको भनाइ छ ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?