Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र


काठमाडौं । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोख्रेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको बताए । उनका अनुसार यो समयमा एक हजार एक सय ४६ फार्ममा अनुगमन गर्दा कैफियत गर्नेबाट रु ९२ लाख २५ हजार जरिवाना तिराइएको छ । त्यस्तै ३४ फार्मबाट रु एक करोड दुई लाख मूल्यका मालवस्तु नष्ट गरिएको पोख्रेलले बताए । चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए ।

आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ । विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फार्मलाई जरिवाना लगाइएको छ । कूल तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फार्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?