Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई प्रविधि र विकासका आयमसँग जोड्न आवश्यक छ : मन्त्री आचार्य


काठमाडौ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशिलताले नै हामीलाई मानव सभ्यताको यो अवस्थामा ल्याइ पु¥याएको स्पष्ट पार्नुभयो ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु बर्तमान पुस्ताको बोझ नभइ आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउँनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकमा हुने एकलोपन हटाउन तथा तेश्रो पुस्तामा ज्येष्ठ नागरिकहरु प्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री आचार्यले भन्नुभयो –‘लामो अवधि कुनै न कुनै रुपमा सकृय रही अथाह ज्ञान आर्जन गर्नुभएका ज्येष्ठ नागरिक खुला पुस्तकको रुपमा नै हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञान देखी दैनिक जीवनका उपभोग्य सामग्री तयार गर्न व्यवहारिक ज्ञानको भण्डार रहेको छ । ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक छ। यस विषयमा समेत ध्यान दिन जरुरी छ ।’

मन्त्री आचार्यले हाम्रो संस्कृतिले मानेको मातृ देवो भव पितृ देवो भवको आदर्शलाई आत्मसात गर्दै जेष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो । हाम्रो परम्पराको रुपमा रहेको संयुक्त परिवार केन्द्रिकृत परिवार हुँदै परिवार नामक संस्था नै विघटन हुने दिशातर्फ उन्मुख भएको भन्दै मन्त्री आचार्यले भन्नुभयो –‘यो अवस्थाले परिवारका सदस्यहरुमा पारिवारिक भावनाको कमि हुनाको साथै वालबालिकामा अघिल्लै पुस्तासंगको अन्तरघुलनमा समेत बाधा पुर्याएको छ।यसले हाम्रा प्रथा परम्परा भाषा संस्कृतिलाई समेत विस्मरणको घेराभित्र धकेल्दैछ ।यस अवस्थाको महशुस गरी केहि युरोपियन राष्ट्रहरुमा तेश्रो पुस्ता जोड्ने अर्थात नातीनातिनी र हजुरबुबा हजुरआमा पुस्ता जोड्ने कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।’

मन्त्री आचार्यले ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिक नीति तयार गर्न गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयोे –‘नागरिकको उपचारका लागि अस्पतालहरुमा छुट्टै उपचार वार्ड स्थापना अल्जाइमर्स रोग पहिचान भएपछि उपचारका लागि एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था लगायतका सुविधाहरु र ज्येष्ठ नागरिकको हित संरक्षण गर्न ज्येष्ठ नागरिक सम्बन्धि ऐन तथा नियमावलीको व्यवस्था गर्न लागेको छ ।’


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?