Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई प्रविधि र विकासका आयमसँग जोड्न आवश्यक छ : मन्त्री आचार्य


काठमाडौ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशिलताले नै हामीलाई मानव सभ्यताको यो अवस्थामा ल्याइ पु¥याएको स्पष्ट पार्नुभयो ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु बर्तमान पुस्ताको बोझ नभइ आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउँनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकमा हुने एकलोपन हटाउन तथा तेश्रो पुस्तामा ज्येष्ठ नागरिकहरु प्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री आचार्यले भन्नुभयो –‘लामो अवधि कुनै न कुनै रुपमा सकृय रही अथाह ज्ञान आर्जन गर्नुभएका ज्येष्ठ नागरिक खुला पुस्तकको रुपमा नै हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञान देखी दैनिक जीवनका उपभोग्य सामग्री तयार गर्न व्यवहारिक ज्ञानको भण्डार रहेको छ । ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक छ। यस विषयमा समेत ध्यान दिन जरुरी छ ।’

मन्त्री आचार्यले हाम्रो संस्कृतिले मानेको मातृ देवो भव पितृ देवो भवको आदर्शलाई आत्मसात गर्दै जेष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो । हाम्रो परम्पराको रुपमा रहेको संयुक्त परिवार केन्द्रिकृत परिवार हुँदै परिवार नामक संस्था नै विघटन हुने दिशातर्फ उन्मुख भएको भन्दै मन्त्री आचार्यले भन्नुभयो –‘यो अवस्थाले परिवारका सदस्यहरुमा पारिवारिक भावनाको कमि हुनाको साथै वालबालिकामा अघिल्लै पुस्तासंगको अन्तरघुलनमा समेत बाधा पुर्याएको छ।यसले हाम्रा प्रथा परम्परा भाषा संस्कृतिलाई समेत विस्मरणको घेराभित्र धकेल्दैछ ।यस अवस्थाको महशुस गरी केहि युरोपियन राष्ट्रहरुमा तेश्रो पुस्ता जोड्ने अर्थात नातीनातिनी र हजुरबुबा हजुरआमा पुस्ता जोड्ने कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।’

मन्त्री आचार्यले ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिक नीति तयार गर्न गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयोे –‘नागरिकको उपचारका लागि अस्पतालहरुमा छुट्टै उपचार वार्ड स्थापना अल्जाइमर्स रोग पहिचान भएपछि उपचारका लागि एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था लगायतका सुविधाहरु र ज्येष्ठ नागरिकको हित संरक्षण गर्न ज्येष्ठ नागरिक सम्बन्धि ऐन तथा नियमावलीको व्यवस्था गर्न लागेको छ ।’


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?