Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

चित्र कोर्ने कलाकारका दृष्टिमा काठमाडौँको भव्यता अतुलनीय छ: उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौँको भव्यता अतुलनीय रहेको बताउनुभएको छ । यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो उपत्यका’ कला प्रदर्शनी उद्घाटन तथा अवलोकन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) ववरमहलमा असोज १३ — २३ (३० सेप्टेम्बर — १० नोभेम्बर) सम्म हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर अवलोकन गराइएको हो ।

प्रदर्शनी उद्घाटन गर्दै डंगोलले, छोटो अवधिका लागि आउनु भएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकोले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्विर प्रदर्शनी गरिएको जानकारी दिनुभयो । ‘कलामा काठमाडौँलाई अनेक कोणबाट नियाल्न मिल्छ । यसबाट सम्पदा संरक्षणमा काम गर्नेहरुका लागि थप सिर्जनात्मक आयाम प्राप्त भएको छ ।’ उहाँले भन्नुभयो, ‘चित्रकलामार्फत काठमाडौँको संस्कृति र प्रकृतिलाई प्रवर्धन गर्ने उद्देश्यले कला परिषदसँग महानगरपालिकाले सहकार्य गर्नेछ ।’

परिषदमा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरु, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरु रङ्गको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता हो ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?