Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रास्वपाले बहिष्कार गर्‍यो प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिष्कार गरेको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिष्कार गरेको जानकारी दिएका छन् । न्यूयोर्क र चीन भ्रमण सकेर फर्किएलगत्तै आज बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले आज बिहान सात दलको बैठक बोलाएका छन् । रास्वपा सभापति लामिछानेले उक्त बैठक बहिष्कार गरेको जानकारी दिंदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’ नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी डिजल-मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाइएको छ ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?