Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हिरासत कक्षमा पुस्तकालय स्थापना


१४ ,असोज ,बेनी (म्याग्दी) । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।

सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गर्न सहयोग गरेको हो ।

लायन्स क्लब अफ ३२५ ‘बी’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई पाँच सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरेका थिए ।

पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । प्रहरी नायब उपरीक्षक कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने र आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताए ।

हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानका साथै थुनुवालाई भेट्न आउनेलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुवेदीले जानकारी दिए ।

पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका रिजन पर्सन अर्जुन पौडेल, एवजी खम थापा, लायन्स क्लब अफ दोभानकी अध्यक्ष जमुना केसीले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिने र सकरात्मक सोचको विकास गराउन सकिनेमा जोड दिए ।

यसैबीच हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयमा लायन्स क्लब अफ बेनी लभ्लीहिलका संस्थापक अध्यक्ष पौडेलले आफ्नो जन्मदिनको अवसरमा विभिन्न पुस्तक हस्तान्तरण गरेका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?