Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

हिरासत कक्षमा पुस्तकालय स्थापना


१४ ,असोज ,बेनी (म्याग्दी) । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।

सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गर्न सहयोग गरेको हो ।

लायन्स क्लब अफ ३२५ ‘बी’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई पाँच सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरेका थिए ।

पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । प्रहरी नायब उपरीक्षक कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने र आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताए ।

हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानका साथै थुनुवालाई भेट्न आउनेलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुवेदीले जानकारी दिए ।

पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका रिजन पर्सन अर्जुन पौडेल, एवजी खम थापा, लायन्स क्लब अफ दोभानकी अध्यक्ष जमुना केसीले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिने र सकरात्मक सोचको विकास गराउन सकिनेमा जोड दिए ।

यसैबीच हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयमा लायन्स क्लब अफ बेनी लभ्लीहिलका संस्थापक अध्यक्ष पौडेलले आफ्नो जन्मदिनको अवसरमा विभिन्न पुस्तक हस्तान्तरण गरेका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?