Trending
>>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

सुरक्षाको प्रत्याभुति गरिदिन गायिका बुनु उप्रेतीको अपिल


काठमाडौं । गत वर्षको कार्तिक २७ गते ललितपुरको लुभुमा छिमेकीहरुको आक्रमणमा परेकी गायिका बुनु उप्रेतीले अझैपनि आफूले न्याय नपाएको भनेर गुनासो पोखेकी छिन् । उनले आफूमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेको एक वर्ष पुग्न लाग्दापनि पीडकहरुलाई कारबाही नभएको गुनासो पोखेकी हुन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका उप्रेतीले देशमा कानूनी राज्य भए आफूलाई न्याय दिन सरकारसमक्ष अपिल गरेकी हुन् । पत्रकार सम्मेलनको क्रममा उनले भनिन्–‘मैले पटक पटक छिमेकी महिलाहरुबाट यातना सहनुपरेको छ । ममाथि घरभित्रै पसेर आक्रमण भयो । घाँटीमा आक्रमण भयो । शरिरका अंग अंगमा आक्रमण भयो । ममाथि दुव्र्यवहार भएको त पाँच वर्ष भयो । गत वर्ष त ज्यान मार्ने उद्येश्यले ममाथि आक्रमण भयो । मैले अहिलेसम्म न्याय पाएकी छैन् । प्रशासन, अड्डा अदालतसम्म रुँदै कराउँदै धाएँ । आज पाँच वर्ष हुँदापनि मैले न्याय पाएको छैन् । विपक्षीहरुको चाहीँ आत्मबल बढेको छ।’

जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा पनि आफूमाथि कुटपिट भएको उनको भनाई छ । उनले भने,‘फेरि आँफै उहाँहरु १८ जनाले ममाथि मुद्दा हाल्नुभयो । मेरो मुद्दा जिल्ला अदालत ललितपुरमा चलिरहेको छ । मैले आक्रमण हुँदाको फुटेज पनि प्रहरीसँग मागेको थिएँ । मार्टभित्र सामान किनेको बेलामा म माथि आक्रमण भयो । लुभु चौकीले फुटेज उपलब्ध गराउने भनेको थियो । तर, पछि दिएन ।’उनले आफूमाथि आक्रमण गर्नेहरु (विपक्षी)हरु संगठित रुपमा अघि बढेको आरोप लगाईन् । उनले भनिन्–‘गत वर्ष कार्तिक २७ गते मेरो घरको कम्पाउण्डभित्र पसेर सपना श्रेष्ठले एट्याग गर्नुभयो । मलाई धेरै नै कुटियो । म बेहोस थिएँ । मैले होस आउँदा भिडिओ खिच भनेर छोरीलाई भनेको थिएँ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने चाहना थियो । सातदोबाटो प्रहरी वृत्तमा मैले कार्तिक १० गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थिएँ । प्रहरीले आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने आश्वासन दिएको थियो । मैले त न्याय पाउँछु भन्ने ठानेकी थिएँ । तर, प्रहरीले अभद्र मुद्दामा दर्ता गर्ने भन्नुभयो ।’

उनले आफू आवाज उठाउनसक्ने योग्य महिला हुँदापनि प्रशासनबाट न्याय नपाएको भन्दै अरुको हालत के होला ? भनेर प्रश्नसमेत गरिन् । उनले भनिन्,‘म बुनु उप्रेती, आवाज उठाउनसक्ने केटी हुँ । ताप्लेजुङको तमोर खोलाको पानी खाएकी केटी हुँ । झापादेखि काठमाडौंसम्म आएर आँफै करियर बनाएकी केटी हुँ । मैले न्याय पाउन सकिनँ । तर, म न्यायको लागि लडिरहन्छु।’उनले आफू र परिवारका सदस्यहरु (खासगरी दुई छोरी) अहिलेपनि असुरक्षित रहेको बाटोमा हिँड्नसक्ने अवस्था नभएको सुनाईन् । उनले भनिन्–‘प्रहरी, प्रशासनले पनि पीडितको पक्षमा वकालत गर्ने हो नि । कानूनी राज्यले अपराधीलाई बचाउने होईन । पावर र पैसाको भरमा, वकिल अड्डा अदालतका कर्मचारीहरुलाई किनेको पाईएमा उनीहरु पनि कारबाहीको भागिदार हुनुपर्छ । मैले न्याय पाउनुपर्छ ।’ उनले अहिलेसम्म आफू ५/७ पटकसम्म कुटिइएको दाबी गरिन् ।

गत वर्ष ललितपुरको लुभुमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेको र लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार भइरहेको देखिन्छ। समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी थिईन् । उप्रेतीको घर अगाडिको बाटो र फोहोर फाल्ने विषयमा उप्रेती र छिमेकी महिलाहरुको समूहबीच लामो समयदेखि विवाद रहेको बताईन्छ ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?