Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

डा शशांक कोइरालाद्धारा खुट्टा गुमाएकी घिमिरेलाई सहयोग हस्तान्तरण


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख एकाउन्न हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम पूर्वमहामन्त्री कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै डा कोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिदै नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको बताउनुभयो । घिमिरेले एसईपछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परि खुट्टा गुमाएकी थिइन् । सो रकम हस्तान्तरण कार्यक्रममा गैर अवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई क्रृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तर गर्नका लागि निवासमा पुग्दा गैर अवासिय नेपाली संघका अर्का महासचिव डा केशव पौडेलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई टेलिफोन सम्पर्क गरि आफ्नो तर्फबाट घिमिरेलाई थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमति प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?