Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

डा शशांक कोइरालाद्धारा खुट्टा गुमाएकी घिमिरेलाई सहयोग हस्तान्तरण


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख एकाउन्न हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम पूर्वमहामन्त्री कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै डा कोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिदै नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको बताउनुभयो । घिमिरेले एसईपछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परि खुट्टा गुमाएकी थिइन् । सो रकम हस्तान्तरण कार्यक्रममा गैर अवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई क्रृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तर गर्नका लागि निवासमा पुग्दा गैर अवासिय नेपाली संघका अर्का महासचिव डा केशव पौडेलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई टेलिफोन सम्पर्क गरि आफ्नो तर्फबाट घिमिरेलाई थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमति प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?