Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’


काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलाले दिगो र जिम्मेवार पर्यटनले मात्र देश विकासमा सहयोग पुग्न सक्ने बताएका छन् ।

पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड एसोसिएसनको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दिगो र जिम्मेवार पर्यटन आजको आवश्यकता भएको बताएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धिका लागि टुरिजम सिस्टहुड एसोसिएसनले महत्वपूर्ण भूमिका खेलेको बताईन् ।

“पर्यटन क्षेत्रमा महिलाको न्यून सहभागिता भएको अवस्थामा यस क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ”, उनले भनिन् ।

नेपाल वायुसेवा निगमकी कर्पोरेट निर्देशक अर्चना खड्काले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता र नेतृत्वविकासमा एसोसिएसनले खेलेको भूमिकाको उच्च प्रशंशा गरिन् । “नेपाली महिला देश तथा विदेशका तारे होटल तथा एयरलाइन्समा विभिन्न पदमा पुगेका छन्, यो नेपाली महिलाका लागि खुशीको कुरा हो”, उनले भनिन् ।

बुद्ध एयरलाइन्सका कार्यकारी निर्देशक आस्था बस्नेत, मलेसियन एयरलाइन्स नेपालकी प्रमुख वाणिज्य सञ्चालक तृप्ती क्षेत्री, होटल मेची क्राउनकी उपमहानिर्देशक अलेशा कार्की महिला अगाडि बढ्नका लागि सशक्तीकरण आवश्यक रहेको बताएकि थिईन् ।

सन् २०१८ मा नौ जनाबाट सुरु भएको सो एसोसिएसनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको एसोसिएसनकी अध्यक्ष एवं सेवर नेपाल नेटवर्क नेपालकी महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी दिईन् ।

उक्त एसोसिएसनमा हाल ५० भन्दा बढी महिला आबद्ध रहेका छन् । कार्यक्रममा नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, पूर्वअध्यक्ष सिएन पाण्डे, क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख जुनु मलेखुलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?