Trending
>>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने >>   विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

१९औं एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा


हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन पब्जी मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । अन्य सामान्य गेमभन्दा फरक शैलीको यस खेलमा सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् । सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरियो । यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुनेमध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै शुक्रबारै भएको एलिमिनेसन अन्तर्गत समूह ए बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् । अब यी आठ टोलीलाई सेमिफाइनलमा चार-चार टोलीको दुई समूहमा विभाजन गरेर खेलाइनेछ । सेमिफाइनलमा दुवै समूहको शीर्ष दुई स्थानमा रहने दुई-दुई टोली फाइनल चरणमा पुग्नेछन् । फाइनल चरणमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टोलीले पदक पक्का गर्नेछन् । नेपाल सेमिफाइनलमा आफ्नो समूहमा शीर्ष दुई स्थानमा रहे फाइनल पुग्नेछ र त्यसमा शीर्ष तीनमा रहेमा पदक पक्का गर्नेछ ।

 


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?