Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पुरातत्त्वको पटकपटकको निर्देशनमा प्रशासनकै अटेरः रोकिएन बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मास्ने काम ! (प्रमाणसहित)


माेहन राज पाण्डे, काभ्रेपलाञ्चोकः पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न दिएको निर्देशन अटेर भएको छ । विभागले परिपत्र गरी प्राचीन स्मारक संरक्षण ऐन विपरित काम भएको विभागको ठहर गरेपनि अझै काम नरोकेको पाइएको हो ।

विभागले पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा असोज ५ मा परिपत्र गरेको थियो । विभागले जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई पत्र लेखेर यस्तो निर्देशन दिएको थियो । तर, प्रशासनले यसमा ध्यान दिएको देखिँदैन ।

‘प्रस्तुत सन्दर्भमा मिति २०८०।०३।०७ को पत्रानुसार काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ८ र ९ को संगमस्थलमा रहेको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर आधुनिक निर्माण सामग्री प्रयोग गरि कार्य भएको जानकारी प्राप्त हुन आएकोमा सो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ को मर्म र भावना विपरित भएकोले उक्त कार्य रोक्का गरी पुरातात्विक सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन भनी मिति २०८०।०४।११ को विभागीय निर्णयानुसार पठाइएकोमा हाल सम्म उक्त कार्य रोक्का नभएकोले निर्माण कार्य तत्कालै रोक्का गरी सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’पुरातत्व अधिकृत सविता न्यौपाने (पौडेल) ले गरेको परिपत्रमा भनिएको थियो ।

पत्रको बोधार्थ र कार्यार्थ जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक र बनेपा नगरपालिकालाई पठाँउदै सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोगका लागि निर्देशन दिइएको थियो । प्रमाणसहित मा प्रशासनकै अटेर तर,बुधबार हाम्रो यस्तो देखियो हाम्रो स्थलगत अनुगमनमा:


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?