Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पुरातत्त्वको पटकपटकको निर्देशनमा प्रशासनकै अटेरः रोकिएन बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मास्ने काम ! (प्रमाणसहित)


माेहन राज पाण्डे, काभ्रेपलाञ्चोकः पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न दिएको निर्देशन अटेर भएको छ । विभागले परिपत्र गरी प्राचीन स्मारक संरक्षण ऐन विपरित काम भएको विभागको ठहर गरेपनि अझै काम नरोकेको पाइएको हो ।

विभागले पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा असोज ५ मा परिपत्र गरेको थियो । विभागले जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई पत्र लेखेर यस्तो निर्देशन दिएको थियो । तर, प्रशासनले यसमा ध्यान दिएको देखिँदैन ।

‘प्रस्तुत सन्दर्भमा मिति २०८०।०३।०७ को पत्रानुसार काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ८ र ९ को संगमस्थलमा रहेको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर आधुनिक निर्माण सामग्री प्रयोग गरि कार्य भएको जानकारी प्राप्त हुन आएकोमा सो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ को मर्म र भावना विपरित भएकोले उक्त कार्य रोक्का गरी पुरातात्विक सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन भनी मिति २०८०।०४।११ को विभागीय निर्णयानुसार पठाइएकोमा हाल सम्म उक्त कार्य रोक्का नभएकोले निर्माण कार्य तत्कालै रोक्का गरी सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’पुरातत्व अधिकृत सविता न्यौपाने (पौडेल) ले गरेको परिपत्रमा भनिएको थियो ।

पत्रको बोधार्थ र कार्यार्थ जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक र बनेपा नगरपालिकालाई पठाँउदै सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोगका लागि निर्देशन दिइएको थियो । प्रमाणसहित मा प्रशासनकै अटेर तर,बुधबार हाम्रो यस्तो देखियो हाम्रो स्थलगत अनुगमनमा:


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?