Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चीनमा के गर्दैछन प्रधानमन्त्री दाहाल प्रचण्ड? (तस्विर सहित)


चीन । चीन भ्रमणका क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ छुङछेङ ले भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ छुङछेङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र छुङछेङको नेतृत्वमा भएका अर्थपूर्ण कृयाकलापबाट नेपाल चीन सम्बन्धलाई थप उचाइमा पुर्याोउन महत्वपूर्ण योगदान पुगेकोमा सचिव छुङछेङको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र चीनबीचका दुइपक्षी हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो ।

भेटवार्तामा सचिव छुङछेङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्याीउन सकृय रहने बताउनुभयो ।भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सम्मानमा सचिव छुङछेङले रात्री भोजको आयोजना गर्नुभएको छ । तिब्बतलाई चीनीँयाहरुले आफ्नो भाषामा सिज्याङ भन्ने गरेका छन । प्रधानमन्त्री प्रचण्डले भोलि कैलाश पर्वत र मानसरोबर तालको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?