Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

चीनमा के गर्दैछन प्रधानमन्त्री दाहाल प्रचण्ड? (तस्विर सहित)


चीन । चीन भ्रमणका क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ छुङछेङ ले भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ छुङछेङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र छुङछेङको नेतृत्वमा भएका अर्थपूर्ण कृयाकलापबाट नेपाल चीन सम्बन्धलाई थप उचाइमा पुर्याोउन महत्वपूर्ण योगदान पुगेकोमा सचिव छुङछेङको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र चीनबीचका दुइपक्षी हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो ।

भेटवार्तामा सचिव छुङछेङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्याीउन सकृय रहने बताउनुभयो ।भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सम्मानमा सचिव छुङछेङले रात्री भोजको आयोजना गर्नुभएको छ । तिब्बतलाई चीनीँयाहरुले आफ्नो भाषामा सिज्याङ भन्ने गरेका छन । प्रधानमन्त्री प्रचण्डले भोलि कैलाश पर्वत र मानसरोबर तालको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?