Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु


१० ,असोज ,काठमाडौँ । आजदेखि भृकुटीमण्डपमा फर्निचर प्रदर्शनी तथा मेला (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको नवौँ संस्करणको एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् ।

एक्स्पो उद्घाटन गर्दै मन्त्री रिजालले यस व्यवसायमा भएको लगानी तथा सिर्जना गरेको रोजगारी र सरकारको राजस्वमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए ।

तर अहिले पनि फर्निचर क्षेत्रको आधाभन्दा बढी माग आयातित सामग्रीबाट पूर्ति गर्नुपरेको उल्लेख गर्दै मन्त्री रिजालले यो अवस्थालाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

“सरकारले आन्तरिक उत्पादन बढाउने, आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ । हाम्रो मौलिक कला संस्कृति झल्किने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ”, मन्त्री रिजालले भने ।

देशभित्रै प्रसस्त सम्भावना र स्रोत हुँदाहुँदै पनि विभिन्न खालका काठ र काठजन्य सामग्री बाहिरबाट आयात हुनु मुलुकको अर्थतन्त्रका लागि सुखद् विषय नरहेको उनको भनाइ छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ आयोजना भएको प्रदर्शनी पाँच दिनसम्मे चल्ने आयोजकले जनाएको छ ।

एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायत सयभन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन् ।

नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवद्र्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क गरिएको छ ।

पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त ब्रान्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?