Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

१९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिममा पनि नेपालको पदक सम्भावना समाप्त


हान्झाउ । १९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । जिओसान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम क्वार्टरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको छ । टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता प्रधान श्रेष्ठ मोमो तामाओकीसँग सहजै पराजित भए । यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४-० ले नै पराजित भयो । टिम इभेन्टमा हारेपछि १९औं एसियाडमा नेपालको जुडोको चुनौती समाप्त भएको छ । यसअघि व्यक्तिगत स्पर्धामा नेपालबाट ८ खेलाडी नै पराजित हुँदै बाहिरिसकेका छन् ।

जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागि भएका थिए । तर कुनै पनि खेलाडी क्वार्टरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो । ८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?