Trending
>>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

ईः सँग भेटपछि उपमेयर डंगोल भन्नुहुन्छ–मागप्रति संवेदनशील छु, समन्वय गर्छु


काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि उभिनु भएका ईःलाई भेट्न पुग्नु भएको छ । राष्ट्रिय सभागृहको गेटमै भेट्न पुग्नु भएकी उपप्रमुख डंगोलले करीब २० मिनेट जति उहाँसँग कुराकानी गर्नुभयो । उहाँले भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मानवीय संवेदनाका हिसावले पनि भेट्नुपर्छ भनेर भेट गरेको र उहाँहरुको मागबारे जानकारी लिएको बताउनुभयो । ‘ईः लगायत केही दिनदेखि आफ्नो माग पूरा गर्नुपर्छ भनेर आन्दोलनमा हुनुहुन्छ,’ डंगोलले भन्नुभयो, ‘मैले उहाँहरुसँग आज भेट गरेँ । मैले उहाँहरुलाई भेट्नुको उदेश्यचाँहि मानवीय हिसावले जे भैरहेको छ, त्यो संवेदनशील छ भन्ने मनन गरेर हो ।’

उपमेयर डंगोलले जनताका कुरा तर्कसंगत छन् वा छैनन् त्यो फरक कुरा भएको भन्दै कुरा सुन्नुपर्ने बताउनुभयो । ‘मैले उहाँहरुसँग भेट गरेँ, उहाँहरुका कुरा सुनेँ,’ डंगोलले भन्नुभयो, ‘म काठमाडौंँ महानगरपालिकाको उपप्रमुखको हैसियतले भन्नुपर्दा उपप्रमुखको कार्यकारी भूमिका छैन । त्यसैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने मेरो कार्यकारी जिम्मेवारी छैन । मैले गर्न सक्ने भनेको समन्वय हो । समन्वयकारी भूमिका मैले विगतदेखि नै गर्दै आएको छु र त्यसको निरन्तर प्रयास जारी नै छ ।’

काठमाडौं महानगरपालिका भित्र व्यवस्थापन गर्नुपर्ने धेरै कुराहरु भएको भन्दै डंगोलले त्यो नयाँ नेतृत्वका लागि चुनौति सँगै अवसर पनि भएको उल्लेख गर्नुभयो । ‘हामीले सडक व्यापारीको कुरा गर्दा यो व्यवस्थापनको विषय काठमाडौं महानगरपालिकासँगको मात्रै विषय अवश्य पनि होइन,’ उहाँले भन्नुभयो, ‘त्यसैले केन्द्र सरकारबाट काठमाडौं महानगर केन्द्रित मात्रै नभएर एकीकृत हिसावले नीति ल्याउन जरुरी छ । देशभरीको यो मुद्धालाई उठान र सँगसँगै सम्वोधन हुने गरी नीति बनाउन जरुरी छ । काठमाडौं महानगरले एउटा नीति बनाउला, फेरि अर्को नगरले अर्को नीति बनाउला त्यस्तो अवस्थामा नीति बाझिने वित्तिकै समस्या थप जटिल बन्नसक्छ ।’

उहाँले दीर्घकालिन समस्या समाधानका लागि एकीकृत नीति चाहिन्छ भन्दै त्यसका लागि माननीयज्युहरु, केन्द्र सरकारकार रहनु भएका, प्रदेश सरकारमा रहनु भएका सबैलाई आग्रह गर्दै त्यसका लागि समन्वय र सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले समन्वयका लागि महानगर तयार रहेको पनि उल्लेख गर्नुभयो । ईः ले १६५ घण्टा भन्दा बढी समयदेखि उँभिएको भन्दै सडक, साइकल, गाडा र परम्परागत खर्पनमा बोकेर व्यापार गर्नेहरु र हुँदा खाने वर्गलाईचाँहि बैकल्पिक स्थान र समयमा सामान्य शुल्क लिएर व्यवस्थापन हुनुपर्छ भनेर माग गरेको उल्लेख गर्नुभयो । ‘त्यो हाम्रो माग पनि होइन चुनाव अघि उहाँहरुले प्रतिवद्धता गरेको कुरा सम्झाएको मात्रै हो । ‘यो विषयमा उपेयर डंगोल सम्वेदनशीले देखिनु भएको छ । यो स्वागतयोग्य कुरा हो,’ उहाँले भन्नुभयो, ‘उहाँले प्रतिवद्धता पनि जनाउनु भएको छ । यो विषयको समाधानका लागि उहाँले पहल लिनुहुनेछ र हिजोको बाचा आज पनि उहाँले विर्सिनु भएको छैन भन्ने लागेको छ ।’

उहाँले मेयर बालेन साह भने मागप्रति संवेदनशील नभएको बताउनुभयो । ‘एक दिन अघि दुई जना भेट्ने भनेर सल्लाह भएको थियो । उहाँले सडक व्यवसायीसँग प्रारम्भिक कुराकानीका लागि उहाँले भेट्न खोज्नु भएको थिएन । हामीले कानुनी रुपमा पनि बुझेको व्यक्तिसहित बसेर कुराकानी गर्ने भनेका थियौँ । तर, हिजो एक्कासी दिउँसो १२ बजे रुखो शैलीमा आएर भित्र भेट्न बोलाएको कुरा गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘हामीले ३० मिनेटको समय मागेका थियौँ । त्यसो भए मेयरले भेट्दैनन् भन्ने सन्देश दिनुुभयो । त्यसको १० मिनेट पनि वित्न नपाउँदैँ स्ट्याटस लेख्नुभयो । त्यसको प्रतिक्रिया हामीले जनाउनुपर्ने बाध्यता भयो । सडक व्यवसायी र नारायण बाग्ले पनि साक्षी हुनुहुन्छ ।’

ईः ले पहिलाको भन्दा नयाँ नेतृत्व फरक हुनलाई युवा मात्रै भएर नहुने भन्दै न्युनतम शर्त जवाफदेहिता रहेको उल्लेख गर्नुभयो । ‘ नेतृत्व सहानुभूतिशील र करुणादायी पनि हुनुुपर्छ । सबैको कुरा सुन्ने हुनुपर्छ,’ हिजो गरिबको चमेली बोल्दिने कोही छैन भनेर उहाँले आश्वासन दिनु भएको थियो । आज त्यसको ठिक विपरीत एक वर्षदेखि गरिबलाई निर्घात कुटपिट गर्ने नियत देखियो । त्यसले झन हामीलाई जवाफदेही बनायो । हामीले हिजोदेखि युवा नेृत्व चाहिन्छ भनेको यस्तै नेतृत्व हो त ? भन्ने नैतिक प्रश्न गर्ने दायित्व थपियो ।’

उमेयर डंगोलसँगको कुराकानीमा ईः ले भविष्यको प्रधानमन्त्री देखिरहेको छु भन्दै उहाँले देखाएको व्यवहारिकताको प्रशंषा गर्नुभयो । डंगोलले पनि मागप्रति सकारात्मक रहेको भन्दै यस्तो समस्या सबैतिर भएकाले यसकोे हलका लागि संघीय सरकारले पनि पहल गर्नुपर्नेमा जनोड दिनुभयो । ‘त्यसका लागि एकीकृत नीति चाहिन्छ । त्यो भयो भने मात्रै ठिक हुन्छ । तपाईँको पनि स्वाथ्यको ख्याल गर्नुहोला,’ डंगोलले भन्नुभयो । ईःले पनि ज्यान जोखिममा राखेर बसेको छु भन्नुभयो । सडक व्यवसायी झलप्रसाद गेलाले सडकमा बस्नु रहर नभएर वाध्यता भएको बताउनुभयो ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?