Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास


नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम कसरी गर्ने भन्ने विषयलाई प्राथमिकतमा राखेर कृत्रिम घटना अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सरेश खनालले जानकारी दिनुभयो । उहाँले विमानस्थाल प्रमाणीकरणका लागि दुई÷दुई वर्षमा सो कृत्रिम अभ्यास हुने उल्लेख गर्दै त्यसले विमानस्थलको महत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपालगञ्ज विमानस्थलमा दुई वर्षअघि पनि यस्तो कृत्रिम अभ्यास भएको थियो । प्रमुख खनालले काठमाण्डौँ, पोखरा, भैरहवा, विराटनगर र नेपालगञ्ज विमानस्थल प्रमाणीकरण भएको जानकारी दिनुभयो ।

सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरिक उड्डयनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?