Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास


नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम कसरी गर्ने भन्ने विषयलाई प्राथमिकतमा राखेर कृत्रिम घटना अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सरेश खनालले जानकारी दिनुभयो । उहाँले विमानस्थाल प्रमाणीकरणका लागि दुई÷दुई वर्षमा सो कृत्रिम अभ्यास हुने उल्लेख गर्दै त्यसले विमानस्थलको महत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपालगञ्ज विमानस्थलमा दुई वर्षअघि पनि यस्तो कृत्रिम अभ्यास भएको थियो । प्रमुख खनालले काठमाण्डौँ, पोखरा, भैरहवा, विराटनगर र नेपालगञ्ज विमानस्थल प्रमाणीकरण भएको जानकारी दिनुभयो ।

सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरिक उड्डयनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?