Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश


८ ,असोज ,काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल गर्‍यो ।

खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । त्यस्तै खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो ।

समिरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । यसैगरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्‍याए ।

त्यसपछि समीरले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे । समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन् । माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?