Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण छ : महानिरीक्षक कुँवर


७ ,असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौँमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको उल्लेख गरे ।

लागुऔषधको कारोबार तथा लागूऔषधमा सङ्लग्न व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उनले जानकारी गराए ।

उनले संस्थाले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यलाई उक्त केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पुर्याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्याउने केन्द्रका पूर्वअध्यक्षद्वय ज्ञानु ज्ञवाली र श्रीमती कुशुमलता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गरे ।

समारोहमा केन्द्रकी अध्यक्ष कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरे ।

अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिबन्धले लागुऔषधको दलदलमा फसेका लागुऔषध प्रयोगकर्तालाई कानूनी दण्डबाट दण्डित गरिनुभन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनःमिलनमा फर्काइनुपर्छ भन्ने लक्ष्यका साथ आसरा सुधार केन्द्र स्थापना भएको बताए ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?