Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बागलुङमा पाँच साहित्यकार पुरस्कृत


बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उहाँको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि जनही रु १२ हजार पाँच सय छ । गुठीद्वारा स्थापित ‘धवलागिरि प्रतिभा पुरस्कार’ म्याग्दीका साहित्यकार कृष्ण बानियाँलाई प्रदान गरिएको छ । रु १५ हजार राशिको सो पुरस्कार बानियाँको संस्मरण कृति ‘बिसङ्गत अभिरुचि’का लागि प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । यस्तै रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ललितपुरका साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ । बिहीबार बागलुङ सदरमुकाममा आयोजित समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुरस्कृत लेखकहरूलाई नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो । सोही समारोहमा काठेखोला–५ बिहँस्थित परमानन्द सन्यास आश्रमका शुभम् पन्तलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो ।

बागलुङका गणेशप्रसाद श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु आठ हजार छ । गुठीले हरेक दुई दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा पुरस्कार स्थापना गर्नुभएको हो । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संरक्षक छोटा बताउनुहुन्छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?