Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागलुङमा पाँच साहित्यकार पुरस्कृत


बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उहाँको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि जनही रु १२ हजार पाँच सय छ । गुठीद्वारा स्थापित ‘धवलागिरि प्रतिभा पुरस्कार’ म्याग्दीका साहित्यकार कृष्ण बानियाँलाई प्रदान गरिएको छ । रु १५ हजार राशिको सो पुरस्कार बानियाँको संस्मरण कृति ‘बिसङ्गत अभिरुचि’का लागि प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । यस्तै रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ललितपुरका साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ । बिहीबार बागलुङ सदरमुकाममा आयोजित समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुरस्कृत लेखकहरूलाई नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो । सोही समारोहमा काठेखोला–५ बिहँस्थित परमानन्द सन्यास आश्रमका शुभम् पन्तलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो ।

बागलुङका गणेशप्रसाद श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु आठ हजार छ । गुठीले हरेक दुई दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा पुरस्कार स्थापना गर्नुभएको हो । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संरक्षक छोटा बताउनुहुन्छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?