Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


६ असोज,काठमाडौं । चन्द्रागिरि नगरपालिका-११ सतुङगलस्थित चोक कुमार श्रेष्ठको चप्पल कारखानामा विद्युत सर्ट भई गएराति आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामानहरू जलेर करिब ९३ लाख २० हजार रूपैयाँ बराबर धनमाल नष्ट भएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ४५ वर्षीय ईन्द्र नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई शुक्रबार बेलुकी आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी, डोटी, शिखर नगरपालिका-६ तलकोटस्थित हरिहर माविको स्टोर रूममा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा स्टोर रूमभित्र रहेका कम्प्युटर ८ थान, किताब, बाल्टिन, पंखा, ह्वाईटबोर्ड, प्याडहरू, पलङ, सिरक डस्ना, पाल जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी, मुगु छाँयानाथ रारा नगरपालिका-१ बस्ने पुतली शाहीको घरमा रहेको ईन्टरसब नेपाल कम्प्युटर इन्स्टिच्युटमा गएराति आगलागी हुँदा शाहीको घर समेत गरी ७ वटा घर पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?