Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


६ असोज,काठमाडौं । चन्द्रागिरि नगरपालिका-११ सतुङगलस्थित चोक कुमार श्रेष्ठको चप्पल कारखानामा विद्युत सर्ट भई गएराति आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामानहरू जलेर करिब ९३ लाख २० हजार रूपैयाँ बराबर धनमाल नष्ट भएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ४५ वर्षीय ईन्द्र नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई शुक्रबार बेलुकी आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी, डोटी, शिखर नगरपालिका-६ तलकोटस्थित हरिहर माविको स्टोर रूममा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा स्टोर रूमभित्र रहेका कम्प्युटर ८ थान, किताब, बाल्टिन, पंखा, ह्वाईटबोर्ड, प्याडहरू, पलङ, सिरक डस्ना, पाल जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी, मुगु छाँयानाथ रारा नगरपालिका-१ बस्ने पुतली शाहीको घरमा रहेको ईन्टरसब नेपाल कम्प्युटर इन्स्टिच्युटमा गएराति आगलागी हुँदा शाहीको घर समेत गरी ७ वटा घर पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?