Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण


काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । (आज) शुक्रबार एक कार्यक्रमको बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वस्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापाद्धारा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो ।

महामन्त्री थापालाई समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्व अन्तरगतको कम्युटर ल्याप हस्तान्तरणले नन्दी विद्यालयका विद्याथीहरुको भविश्यमा महत्पूर्ण भूमिका खेल्ने बताएका छन् । आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्यूटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गर्नु भएकोमा डेल्टिन नेपाललाई महामन्त्रीले धन्यवाद समेत दिएका थिए ।

त्यसै गरी डेल्टिन नेपालका अपरेशन हेड सुभान्वित गुरुङले कम्पनीको यो सामाजिक कार्यलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताएका छन् । कम्प्युटर ल्याबबाट विद्यार्थी भाइबहिनीहरुले धेरै भन्दा धेरै लाभ लिनेमा आफू ढुक्क भएको अपरेशन हेड गुरुङले सुनाए ।

त्यसै गरी डेल्टिन नेपालका मानव संसाधन प्रबन्धक नविन खातीले अत्याधुनिक कम्प्युटर ल्याब हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन् । डेल्टिन नेपाले १७ लाख रुपैयाको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, ३ वटा फ्यान सहित कम्प्युटर ल्याप हस्तान्तरण गरेको छ । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपकोे अन्तर्राष्ट्रिय भेन्चरको रुपमा २०७५ साल भदौ १४ काठमाडौको मेरियट होटलमा खोलिएको थियो । अहिले २५० जनाले रोजगारी पाएका छन् ।

कम्प्युटर ल्याब हस्तान्तरण समारोहमा काठमाडौं महानगरपालिका वाडा नं १ अध्यक्ष भरतलाल श्रेष्ठ, पर्यटन विभाग निर्देशक काली प्रसाद भुजेल, श्री नन्दी विद्यालयका प्रधानाध्यापक गीता काफ्ले, एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रा. लिमिटेडका प्रमुख शशिकान्त अग्रवाल, अतिरिक्ता दुरुपयोग अनुसन्धन आयोग कि पूर्व आयुक्त डा. सावित्री थापा गुरुङ र प्रहारी नायब उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?