Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

पटकपटक अटेरपछि पुरातत्त्वको कडा निर्देशनः बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्नु !


माेहन राज पाण्डे,काभ्रेपलाञ्चोक: पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न निर्देशा दिएको छ । शुक्रबार परिपत्र गरी आधुनिक सामग्री प्रयोग गरि कार्य भएको जानकारी प्राप्त हुन आएकोमा सो कार्य प्राचीन स्मारक संरक्षण ऐन विप।ित भएको विभागको ठहर छ । विभागले पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा परिपत्र गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । ‘प्रस्तुत सन्दर्भमा मिति २०८०।०३।०७ को पत्रानुसार काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ८ र ९ को संगमस्थलमा रहेको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर आधुनिक निर्माण सामग्री प्रयोग गरि कार्य भएको जानकारी प्राप्त हुन आएकोमा सो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ को मर्म र भावना विपरित भएकोले उक्त कार्य रोक्का गरी पुरातात्विक सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन भनी मिति २०८०।०४।११ को विभागीय निर्णयानुसार पठाइएकोमा हाल सम्म उक्त कार्य रोक्का नभएकोले निर्माण कार्य तत्कालै रोक्का गरी सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’पुरातत्व अधिकृत सविता न्यौपाने (पौडेल) ले गरेको परिपत्रमा भनिएको छ।

पत्रको बोधार्थ र कार्यार्थ जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक र बनेपा नगरपालिकालाई पठाँउदै सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोगका लागि निर्देशन दिइएको छ । तस्बिर: श्रीकृष्ण धिमाल

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?