Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कालोबजारी खोज्दै कारवाही गर्दै काठमाडौ प्रशासनः चिनी महगोमा बेच्नेको खोजी तीब्र !


काठमाडौं । बजारमा चिनीको अभाव श्रीजना गरि महगोमा बेच्ने कालोबजारी गराउने गिरोह खोजी खोजी कार्वाही प्रक्रिया थालेको छ। यसै क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिनीको मूल्य वृद्धि रोक्नका निम्ति थालिएको अनुसन्धानलाई  निरन्तरता दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठले बताउनुभयो ।

बजार अनुगमन कै क्रममा आज जिप्रका नेतृत्वको टोलीले new Rabin Raj Trading concern सुविधानगरमा छापा मार्दा चिनीमा २३ देखि २९ प्रतिशत सम्म नाफालिएर बेचेको पत्ता लागेको छ। om shiv skati trading concern कुलेश्वरबाट २०८०/५/२९ गते १००.९९ प्रति केजीमा किनेको चिनी new Rabin raj trading concerns ले ०५/२९ मै ms the everst hotel लाई १२४ मा र ०५/३१ गते Ms enterprise लाई १२९.९५ मा बेचेको देखिन्छ। जुन क्रमश २३.३१ र २८.९५ प्रतिशत नाफा हुन आउछ।

कालोबजार सम्बन्धी ऐनले कुनै पनि माल वस्तुमा २० प्रतिशत नाफा लिन नपाईने व्यवस्था गरेको छ। चिनीका तस्करहरूले ५/६ लेयरमा तहगत मै आफन्तको संजाल बनाई कालोबजारी गरेपछि कालोबजारी ऐन आकर्षित गरी अपराधीहरूलाई पक्राउ गरि पाता कस्ने अभियानमा जुटेको अनुसन्धान टिमले कसरी काम गर्छ परिणाम हात लागे पछि मात्रै धेरैले बुझ्ने गरि कार्वाही गर्ने क्रमले लय समातेको छ।

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?