Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कालोबजारी खोज्दै कारवाही गर्दै काठमाडौ प्रशासनः चिनी महगोमा बेच्नेको खोजी तीब्र !


काठमाडौं । बजारमा चिनीको अभाव श्रीजना गरि महगोमा बेच्ने कालोबजारी गराउने गिरोह खोजी खोजी कार्वाही प्रक्रिया थालेको छ। यसै क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिनीको मूल्य वृद्धि रोक्नका निम्ति थालिएको अनुसन्धानलाई  निरन्तरता दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठले बताउनुभयो ।

बजार अनुगमन कै क्रममा आज जिप्रका नेतृत्वको टोलीले new Rabin Raj Trading concern सुविधानगरमा छापा मार्दा चिनीमा २३ देखि २९ प्रतिशत सम्म नाफालिएर बेचेको पत्ता लागेको छ। om shiv skati trading concern कुलेश्वरबाट २०८०/५/२९ गते १००.९९ प्रति केजीमा किनेको चिनी new Rabin raj trading concerns ले ०५/२९ मै ms the everst hotel लाई १२४ मा र ०५/३१ गते Ms enterprise लाई १२९.९५ मा बेचेको देखिन्छ। जुन क्रमश २३.३१ र २८.९५ प्रतिशत नाफा हुन आउछ।

कालोबजार सम्बन्धी ऐनले कुनै पनि माल वस्तुमा २० प्रतिशत नाफा लिन नपाईने व्यवस्था गरेको छ। चिनीका तस्करहरूले ५/६ लेयरमा तहगत मै आफन्तको संजाल बनाई कालोबजारी गरेपछि कालोबजारी ऐन आकर्षित गरी अपराधीहरूलाई पक्राउ गरि पाता कस्ने अभियानमा जुटेको अनुसन्धान टिमले कसरी काम गर्छ परिणाम हात लागे पछि मात्रै धेरैले बुझ्ने गरि कार्वाही गर्ने क्रमले लय समातेको छ।

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?