Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

प्रेस काउन्सिलको पत्रकारिता पुरस्कारमा बोर्ड सदस्यकै असन्तुष्टी, पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्ने !


काठमाडौंः प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य रामप्रसाद दाहालले काउन्सिल पत्रकारिता पुरस्कारमा असन्तुष्टी जनाएका छन् । उनले पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्ने भएका छन । यस्तो छ उनको प्रेस विज्ञप्ति: प्रेस काउन्सिल नेपालले आफ्नो ५४औं वार्षिक उत्सवका अवसरमा प्रदान गर्न लागेको पत्रकारिता पुरस्कारका सम्बन्धमा मेरो मत सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरेको छु । काउन्सिलको यही असोज २ गते बसेको बोर्ड बैठकले चर्को बिवादबीच प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारदेखि प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गरी करिव ६० को संख्यामा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने भनी गरेको निर्णय प्रक्रियाप्रति मेरो गम्भीर असहमति रहेको अवगत गराउन चाहन्छु । २०७८ मा ३४ र २०७९ मा ४६ जनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएकोमा यो वर्ष २०८० का लागि ६० जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार दिने भनी गरिएको निर्णय अपारदर्शीमात्र होइन, मापदण्ड तथा बिधि–प्रक्रिया बिना हचुवा भयो, काउन्सिल नेतृत्वको तजबिजमा लिइएको यस्तो निर्णय प्रक्रियाप्रति मेरो सहमति थिएन । बोर्डमा अध्यक्षबाटै प्रस्तावित कतिपय जुझारु युवा पत्रकारको नाम कपटपूर्ण र पूर्वाग्रही ढंगले हटाई मनोमानी ढंगले नाम घोषणा गर्दा म स्तब्ध भएको छु । बोर्ड बैठकमा प्रस्तावै नगरिएका नामहरु थपेर अझ जात्रा देखाइएको छ ।

काउन्सिलले यस वर्ष पुरस्कार छनौटका लागि वरिष्ठ सदस्य हरि प्रसाद जोशीको नेतृत्वमा सात सदस्यीय समिति निर्माण गरेको थियो । सो समितिमा म समेत सदस्य रहेकोमा संयोजक जोशीले बोर्ड समक्ष सिफारिसका लागि हरेक सदस्यबाट तीन–तीन जनाको नाम पुरस्कारका लागि माग गर्नु भएको थियो । म यो भागवण्डाप्रति असहमत रहे । त्यसपछि अन्य ६ जना सदस्यहरुबीचको सहमतिमा २७ जनाको नाम पत्रकारिता पुरस्कारका लागि अध्यक्ष समक्ष सिफारिस गर्नुभयो । तर, अध्यक्षले सो सिफारिस लत्याउदै एउटा बोर्ड बैठकमा ४५ जनालाई पुरस्कार दिने भनी नाम प्रस्तावित गर्नुभयो, अर्को बैठकमा ५४ जनाको नाम प्रस्तावित गर्नुभयो । र, अन्तिम बैठकमा अध्यक्षले नै म यो संख्यामा असन्तुष्ट छु भन्दै ती नामहरु प्रस्ताव गर्नुभयो । सदस्यहरुले संख्या घटाउन र लेखनमा सक्रिय पत्रकारलाई पुरस्कार दिन सुझाव दिँदा कुनै सुनुवाई नगरी उल्टै सदस्यलाई हप्कीदप्की गर्नुभयो । र, बिवादबीच आफ्नो प्रस्ताव पारित भएको भन्दै बैठक टुंग्याउनु भयो । यद्यपी पुरस्कार घोषणा हुँदासम्म त्यो संख्या निकै बढाउने कार्य गरियो ।

काउन्सिलले वितरण गर्ने पुरस्कारका सम्बन्धमा ब्यापक टिकाटिप्पणी हुने गरेको सन्दर्भमा कम विवादित बनाउनेतर्फ नेतृत्वले पटक्कै ध्यान नदिँदा काउन्सिलको गरिमा र पुरस्कारको वजन बढाउन यस पटक पनि असम्भव भयो । अर्थ मन्त्रालयले काउन्सिलको पुरस्कारमाथि पटक पटक प्रश्न गर्दा समेत वार्षिकोत्सब खर्चबाट काउन्सिलले पुरस्कार वितरण गर्दै आएको छ । यस पटक पुरस्कारका लागि बिनियोजित रकम भन्दा निकै बढी खर्च गरिदैंछ । मुलुकको आर्थिक अवस्था जीर्ण रहेको अवस्थामा यसरी राज्य कोषको मनपरी प्रयोगलाई कदापी समर्थन गर्न सकिँदैन ।मैले आफ्नो असहमति लेख्न आज प्रेस काउन्सिलको सचिवालयमा निर्णय पुस्तिका प्राप्त गर्ने प्रयास गरेको थिएँ । तर सचिवालयले निर्णय पुस्तिका दिन आनाकानी गरेपछि सदस्य–सचिव र सचिवालय प्रमुखलाई मेरो असहमति लेख्ने अधिकारबारे जानकारी गराएको छु ।

काउन्सिलको वार्षिकोत्सवमा सम्माननीत हुन लाग्नु भएका अग्रज र अनुज तथा पत्रकारिता पुरस्कारका लागि छनौट भएका सबै पत्रकारको नामप्रति मेरो कुनै असहमति छैन । उहाँहरुको योगदानको उच्च सम्मान गर्दछु र हार्दिक बधाई ज्ञापन गर्दछु । तर, काउन्सिलको गरिमा र पुरस्कारको वजन बढाउन आवश्यक बिधि–प्रक्रिया नपु¥याइएकोप्रति मेरो असहमति रहेकाले यही असोज ६ गते हुने बार्षिकोत्सव समारोहमा समेत उपस्थिति जनाउन असमर्थ रहेको जानकारी गराउन चाहन्छु ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?