Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर


४ ,असोज ,काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा नजान र गयल भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएपछि शिक्षक–कर्मचारीले कानुनीरूपमा बच्ने र आन्दोलनलाई पनि साथ दिने बाटो रोजेका हुन् ।

महासङ्घको काठमाडौँ महानगपालिका समितिका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले महानगरका प्रधानाध्यापकहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुने र सडकै हाजिर गर्ने निर्णय गरेको जनाए ।

उनिहरूले आन्दोलनका कारण क्षति भएको पढाइ अतिरिक्त कक्षाहरूबाट पूर्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन थालनी गरेको हो ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?